राजनीति


विधेयक कहिले आउँछ भनी कुरेर बसेका छौँः अध्यक्ष दाहाल

विधेयक कहिले आउँछ भनी कुरेर बसेका छौँः अध्यक्ष दाहाल

नेपालखबर
जेठ २५, २०८२ आइतबार १५:३, काठमाडौँ

राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले प्रतिनिधिसभा नीति निर्माण गर्ने महत्वपूर्ण थलो भएकाले जनचाहना र भावनाअनुरुप अघि बढनुपर्ने बताएका छन्।  

राष्ट्रिय समाचार समिति (रासस)सँग संक्षिप्त कुराकानी गर्दै उहाँले प्रतिनिधिसभा सञ्चालन नहुँदा सङ्घीयता र संविधान कार्यान्वयनसँग जोडिएका सङ्घीय निजामती, प्रहरी, विद्यालय शिक्षाजस्ता अति महत्वपूर्ण विधेयक अगाडि बढ्न नसकेको प्रतिक्रिया दिए।

अध्यक्ष दाहालले भने, 'महत्वपूर्ण विधेयक प्रतिनिधिसभामा थन्किएका छन्, हामी त्यता कहिले आउँछन् र छलफल गरौला भनी हेरेर बसेका छौँ। त्यो सभा छिटो चल्दिएहुन्थ्यो भन्ने हाम्रो चाहना र भावना हो।'

विगतमा जस्तो प्रतिनिधिसभा अवरुद्ध हुँदा राष्ट्रियसभा पनि नचल्ने प्रवृतिलाई रोकिएको बताउँदै अध्यक्ष दाहालले भने,  'राष्ट्रियसभाले संविधानमा गरेको परिभाषा र दिएको अधिकार बमोजिम मेहनतकासाथ काम गरेकाले हिजोका गलत अभ्यास छाडिएका हुन्।' 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad