नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसलाई बलियो बनाउन जरुरी रहेको बताएका छन्।
आइतबार भक्तपुरमा सहिद राधेश्याम जोन्छेको १३ औँ पुण्यतिथिमा आयोजित स्मृति सभालाई सम्बोधन गर्दै उनले जोन्छेको जीवनीबाट प्रेरणा लिएर कांग्रेसलाई बलियो बनाउनुपर्ने बताए।
उनले सहिद जोन्छेको बारेमा अझै धेरै पुस्तकहरु लेखेर जनमानसमा पुर्याउनुपर्ने बताए। ‘उहाँका सम्बन्धमा हामीले अझै केही किताव लेख्नुछ, देशभर नै उहाँको प्रचार गर्नुछ,’ उनले भने, ‘भोलिका युवाले उहाँको प्रेरणाबाट धेरै कुरा सिक्न सक्छन्। उहाँका धेरै कामहरुको चचर्चा गर्न जरुरी छ। म त अझ मन्त्री बनाउन चाहन्थेँ उहाँलाई।उहाँले राम्रो काम गर्नुभएको छ। उहाँकाप्रति सम्मान मात्रै गर्ने होइन, उहाँको उदारताबाट प्रेरणा लिएर हाम्रो पार्टीलाई बलियो बनाउनु पर्छ।’
सभापति देउवाले सहीद जोन्छेको जीवनीबाट प्रेरणा लिन जरुरी रहेको बताए।
Shares

प्रतिक्रिया