ad ad

राजनीति


कक्षा ११ र १२ को परीक्षा सञ्चालन गर्ने कि रोक्ने? परीक्षा बोर्डले निर्णय गर्दै

कक्षा ११ र १२ को परीक्षा सञ्चालन गर्ने कि रोक्ने? परीक्षा बोर्डले निर्णय गर्दै

नेपालखबर
चैत २५, २०७६ मंगलबार ३:४३,

वैशाखमा सञ्चालन हुँदै आएको कक्षा ११ र १२ को परीक्षा रोक्ने कि नरोक्ने भन्ने विषयमा निर्णय गर्न आज (मंगलबार) दिउँसो राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्दै छ।

आजको बैठकले परीक्षा रोक्ने वा नरोक्ने विषयमा निर्णय गर्ने शिक्षा मन्त्रालय स्रोतले जनाएको छ।

कक्षा १२ को परीक्षा आगामी वैशाख ८ र कक्षा ११ को वैशाख २१ गतेबाट गर्ने निर्णय यस अघि नै बोर्डले गरेको थियो।

कोरोना संक्रमण फैलिने डरको कारण सरकारले माध्यमिक शिक्षा परीक्षा (एसइई) स्थगित गरेको छ।

एसइई परीक्षा लकडाउन खुलेपछि मात्रै गर्ने भन्दै सरकारले विद्यार्थीलाई त्यही अनुसारको तयारी गर्न आग्रह गरेको छ।

एसइईसमेत रोकिएकाले कक्षा ११ र १२ को परीक्षासमेत रोकिने संभावना रहेको स्रोतले दाबी गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .