राजनीति


ओलीले रविलाई जस्तै लेखकलाई पनि फसाउँदैछन्: प्रभु साह

ओलीले रविलाई जस्तै लेखकलाई पनि फसाउँदैछन्: प्रभु साह

नेपालखबर
जेठ २१, २०८२ बुधबार १५:३२, काठमाडौँ

आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले भिजिट भिसा प्रकरणमा प्रधानमन्त्री केपी शर्मा ओलीको षडयन्त्रको सिकार गृहमन्त्री रमेश लेखक भएको टिप्पणी गरेका छन्। 

‘दलतन्त्रको भण्डाफोर गरौँ, गणतन्त्रको दिशामा अघि बढौँ’ भन्ने मुल नाराका साथ आज (बुधबार) नेपालगञ्जमा आजपाद्वारा आयोजित बृहत अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै आजपा अध्यक्ष साहले प्रधानमन्त्री निवास बालुवाटारमा बुनेको एक महत्वपूर्ण काण्ड ‘भिजिट भिसा काण्ड’ भएको आरोप लगाएका हुन्। 

‘प्रधानमन्त्रीको कनेक्सन गृहमन्त्रीलाई फसाउने र मोर देन कांग्रेस बनेर गिजोल्ने काम भइरहको छ। यो सबै घटनाक्रममा भिजिट भिसा प्रकरणमा केपी ओलीको हात छ। यहाँ प्रस्टै देखिन्छ काँखमा राखेर छुरा हान्ने काम भएको छ,’ आजपा अध्यक्ष साहले भने, ‘रवि लामिछानेमाथि पनि यस्तै भएको थियो, सुरुमा सहकारीमा निर्दोष रहेको भन्ने केपीले नै दोषी बनाइ जेल पठाउनु भयो। अहिले पनि यसरी फसाउँदैछन्। हेर्दै राख्नुस्, अहिले राजीनामा दिनुनपर्ने प्रधानमन्त्री ओलीले अझै भिजिट भिसामा के के गर्नुहुन्छ।’ 

नेपाली कांग्रेस र नेकपा एमालेको अहिलेको गठबन्धन अपवित्र भएको टिप्पणी गर्दै उनले बाहिर गठबन्धन जस्तो देखिए पनि भित्र–भित्र काटमार, एकले अर्कोलाई सिध्याउने खेल चलिरहेको  बताए। अप्राकृतिक एवं अपवित्र अहिलको गठबन्धनका कारण मुलुक र जनताले दु:ख पाइरहेको र जनता निरास भएको बताउदै उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा गरेर अन्तरिम सरकार गठन गर्नुपर्ने आवश्यक रहेको बताए। मुलुक र जनताको भविष्यका लागि अहिले अन्तरिम सरकार गठन गरेर अगाडि बढनुको विकल्प नभएको समेत उनले बताए। 
 

यस्तै उनले तराई मधेसका समस्याबारेमा मौन रहेको वर्तमान सरकारले नेपालगंजसहितको विकास नचाहेको पनि आरोप लगाए। बजेटमै विभेद गरेर तराई मधेसलाई अझै पछाडि धकेल्ने काम सरकारले गरिरहेको बताए। ऐतिहासिक, विभिन्न आन्दोलनमा महत्वपूर्ण योगदान गरेको नेपालगंज सहित पश्चिमी तराई मधेसको विकास, समृद्धिलाई सरकारले बेवास्ता गरेको उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad