राजनीति


सवा ३ बजेसम्मलाई सर्‍यो संसद् बैठक

सवा ३ बजेसम्मलाई सर्‍यो  संसद् बैठक

नेपालखबर
जेठ २१, २०८२ बुधबार १५:४, काठमाडौँ

प्रतिनिधिसभाको बैठक सवा ३ बजे बस्ने सूचना टाँस भएको छ।  आज दिउँसो १ बजेका लागि डाकिएको बैठक दलहरूबीच सहमति नजुटेपछि बस्न सकेन। 

भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको संलग्नता दाबी गर्दै विपक्षी दलहरूले उनको राजीनामा र उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै सदन अवरोध गर्दै आइरहेका छन्। 

सदन अवरोध जारी राख्ने भएपछि आज सभामुख देवराज घिमिरेले सत्तापक्ष र प्रतिपक्षका प्रमुख सचेतकसँग छलफल गरेका थिए। छलफलमा दुवै पक्ष आफ्नो अडानमा टसमस भएनन्।

कांग्रेस-एमाले गृहमन्त्रीले राजीनामा दिनुपर्ने कुनै कारण नभएको बताउँदै आएका छन् भने प्रतिपक्ष गृहमन्त्रीको राजीनामालाई नै बटमलाइन नै बनाउँदै आएका छन्।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad