राजनीति


सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयकमाथिको संशोधन राष्ट्रियसभाबाट स्वीकृत

सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयकमाथिको संशोधन राष्ट्रियसभाबाट स्वीकृत

नेपालखबर
जेठ २०, २०८२ मंगलबार १६:२५, काठमाडौँ

राष्ट्रियसभाबाट ‘सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० का सम्बन्धमा प्रतिनिधिसभाबाट भएको संशोधन सहमति गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ। 

सभाको आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले उक्त प्रस्ताव प्रस्तुत गरेका हुन्। त्यसअघि मन्त्री पन्तले सांसदको प्रश्नको जवाफ दिँदै यस विश्वविद्यालयले सुदूरपश्चिममा मात्र नभई देशको शैक्षिक र स्वास्थ्य शैक्षिक क्षेत्रमा महत्त्वपूर्ण प्रभाव पार्ने उल्लेख गरे। 

‘नेपालको मेडिकल साइन्ससम्बन्धी खुलेको पहिलो विश्वविद्यालय हो। देशको पिछडिएको भनिएको क्षेत्र सुदूरपश्चिममा खुलेको छ’, उनले भने, ‘कैलाली र कञ्चनपुर हुँदै हाम्रा नेपाली विद्यार्थी भारतमा जसरी लर्को लाग्दथे, अब उनीहरुको पाइला गेटामा गएर रोकिनेछन्।’

मन्त्री पन्तले झण्डै ५१.१ हेक्टरको क्षेत्रफलको जगामा ५० वटाभन्दा बढी संरचना निर्माण भइसकेको जानकारी गराए। उनकाअनुसार हालसम्म सबै ठूला संरचना सम्पन्न भइसकेका छन्। जसमा ३९ वटा ठूला भवन छन्।

त्यसैगरी सभाअध्यक्ष नारायणप्रसाद दाहालले आगामी आर्थिक वर्ष २०८२÷८३ का राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफलका लागि यही जेठ २१, २२ र २३ गतेको मिति तोके।  
छलफलमा भाग लिन चाहने सदस्यले दलीय आधारमा बैठक सुरु हुन एक दिन अगावै कार्यव्यवस्था शाखा राष्ट्रियसभामा नाम उपलब्ध गराउन उनले जानकारी दिए। रासस

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad