राजनीति


काठमाडौँ महानगरले गर्‍यो राजु पाण्डेलाई निलम्बन, जाँचबुझ जारी

काठमाडौँ महानगरले गर्‍यो राजु पाण्डेलाई निलम्बन, जाँचबुझ जारी

नेपालखबर
जेठ २०, २०८२ मंगलबार १६:३६, काठमाडौँ

काठमाडौँ महानगरपालिकाले नगर प्रहरी प्रमुख राजु पाण्डेलाई पदबाट निलम्बन गरेको छ। 

महानगरपालिकाले उनीमाथि जाँचबुझ पनि गरिरहेको छ। महानगरको प्रशासन प्रमुख ध्रुव काफ्लेको नेतृत्वमा बनेको समितिले जाँचबुझ गरिरहेको प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले नेपालखबरसँग बताए।

यसअघि नगर प्रहरी प्रमुख पाण्डेसँग स्पष्टीकरण सोधिएको थियो। प्रारम्भिक रूपमा उनको स्पष्टीकरण चित्तबुझ्दो नआएकाले निलम्बन गरी थप जाँचबुझ अघि बढाइएको हो।

अब जाँचबुझ समितिको प्रतिवेदनको सिफारिसअनुसार बाँकी प्रकिया अघि बढाइने गुरागाईंको भनाइ छ।

गत चैत २१ गते गुरागाईं कार्यालयमा हाजिर हुन जाँदा पाण्डेकै नेतृत्वमा रहेको नगर प्रहरीको टोलीले अवरोध गरेको आरोपमा उनीमाथि कारबाही अघि बढाइएको हो।

उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्षहरू र कार्यपालिका सदस्यहरूले पटक–पटक अनुरोध गर्दासमेत प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षको ताला खोल्ने काममा अवरोध किन गरेको भनेर ७ बुँदे पत्र पाण्डेलाई थमाइएको थियो।

काठमाडौँ भ्यू टावरको नक्सा पास विवादपछि बिदामा बसेका गुरागाईं महानगरमा हाजिर हुन जाँदा विवाद भएको थियो। उपप्रमुख सुनीता डंगोलकै नेतृत्वमा गुरागाईं हाजिर हुन भनेर महानगर पुगेका थिए। महानगरको नगर प्रहरी बलले कार्यालय प्रवेशमा अवरोध गरेको थियो। 

काठमाडौँ महानगरपालिकाको कर्मचारीको रूपमा प्रमुख प्रशासकीय अधिकृतको निर्देशन पालना गर्नुपर्नेमा पाण्डेले कर्मचारी आचरण र अनुशासन पालना नगरी अनुशासनहीन कार्य गरेको आरोप लगाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad