राजनीति


गृहमन्त्रीसम्म अनुसन्धान पुगे उहाँले पद छोड्नुहुन्छ: विश्वप्रकाश शर्मा

गृहमन्त्रीसम्म अनुसन्धान पुगे उहाँले पद छोड्नुहुन्छ: विश्वप्रकाश शर्मा

नेपालखबर
जेठ २०, २०८२ मंगलबार १५:५३, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भिजिट भिसा प्रकरणको अनुसन्धान गृहमन्त्री रमेश लेखकसम्म पुगे उनले पद छोड्ने बताएका छन्। 

मंगलबार संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै भिजिट भिसा प्रकरणको अनुसन्धान गृहमन्त्रीमाथि पनि हुने अवस्थामा उनले पद त्याग गर्ने बताएका हुन्। 

‘यसमा अनुसन्धान गर्दा कर्मचारी, मन्त्री, नेता, जो पनि हुन्छ। त्यसमा अनुसन्धान गरेर जानुपर्छ। अहिले गृहमन्त्रीको राजीनामाको विषयमा जोडिएर यो कुरा आइरहेको छ, यदि मन्त्रीमाथि पनि कुनै अनुसन्धान भइरहेको छ भने पदत्याग गर्नुपर्छ,' उनले भने, 'तर यो अनुसन्धान अख्तियारले गरिरहेको छ, मन्त्रालयसँग आबद्ध कर्मचारीहरू छन्, अहिले कर्मचारीमाथि अनुसन्धान भइरहेको छ। अनुसन्धान गृहमन्त्रीसम्म पुग्यो भने उहाँले पद छाड्नुपर्छ ।’

उनले गृहमन्त्रीमाथि कुनै उजुरी नै नपरेको दाबी गरे। सदनमा गृहमन्त्रीमाथि प्रतिपक्षीले प्रतिशोध साँध्ने काम गरिरहेको उनको भनाइ छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad