राजनीति


छलफल सकेर फेरि सभामुख भेट्न पुगे विपक्षी

छलफल सकेर फेरि सभामुख भेट्न पुगे विपक्षी

नेपालखबर
जेठ २०, २०८२ मंगलबार १४:०, काठमाडौँ

विपक्षी दलका नेताहरू छलफल सकेर फेरि सभामुख देवराज घिमिरेको कार्यकक्षमा पुगेका छन्। सभामुख र विपक्षी दलका नेताबीच आज दोस्रोपटक छलफल भइरहेको हो।  

विपक्षी दलहरूले आज नै बैठक गरेर तीन बुँदे निष्कर्ष निकालेका थिए।  

१) उच्चस्तरीय छानबिन समिति बनाउने र त्यो समितिले बि स श्रम ऐन २०६४ आए पश्चातको समय देखि हाल रहनुभएको गृहमन्त्रीको कार्यकालसम्मको "भिजिट भिसा प्रकरण" सम्बन्धित छानबिन/आयोग बनाउने र यसलाई सधैको लागि निराकरण गर्न सर्वपक्षिय प्रतिबद्धता जनाउने। 

२) आवश्यक  छानबिन गर्नको लागि मार्ग प्रशस्त गर्न वर्तमान गृहमन्त्री ज्यू ले छानबिनको परिणाम नआएसम्म, अनुसन्धान प्रभावित नगर्नको लागि राजीनामा दिएर सहयोग गर्नुपर्छ।  

३) यसबारे जिम्मेवारी लिन र जनाउन प्रधानमन्त्री ज्यू ले सदनमा आएर प्रतिबद्धता व्यक्त गर्नुपर्ने। 

त्यसपछि उनीहरू सभामुखलाई भेट्न पुगेका थिए। भेटमा सत्ता पक्षका प्रमुख सचेतकसहितका नेताहरू पनि सहभागी थिए। त्यहाँ सत्तापक्षले गृहमन्त्री रमेश लेखकले सदनमा बोल्ने वातावरण बनाउन विपक्षीलाई आग्रह गरेका थिए। तर विपक्षीले पदबाट राजीनामा दिएर मार्ग प्रशस्त नगरेसम्म सदन चल्न नसक्ने दोहोर्‍याएका थिए। 

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक मुछिएको आरोप लागेको छ। विपक्षीले यसैलाई लिएर उनको राजीनामालाई बटमलाइन बनाएका छन्।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad