प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा चलाएको ‘म झोले हो’ अभियान अहिले चर्चामा छ।
एमालेका शीर्ष नेतादेखि तल्लो तहका कार्यकर्तासम्मले ‘म झोले हो’ पोस्टरमा आफूलाई राखेर सामाजिक सञ्जाल रंगाइरहेका छन्।
त्यसो त गोकुल बाँस्कोटालगायत कतिपय एमालेकै नेताले यसमा असहमति पनि जनाइरहेका छन्।
जे होस्, यतिबेला ‘झोले’ शब्दप्रति मानिसहरूको चासो ह्वात्तै बढेको छ र यसलाई आआफ्नै आग्रह-पूर्वाग्रहका आधारमा अर्थ्याइरहेका छन्।
तर ‘झोले’ शब्दको खास अर्थ के होला त?
यसैबीच ‘प्रज्ञा नेपाली बृहत् शब्दकोश’ पल्टाउँदा झोले शब्दले यी तीन अर्थ दिने रहेछन्।
१. अर्काको झोला बोक्ने।
२. झोल भएको, रसदार।
३. झोला भिरेर हिँड्ने।
हेर्नुहोस् शब्दकोश:

333
Shares

प्रतिक्रिया