ग्लोबल


शेख हसिनाविरुद्ध पक्राउ पुर्जी जारी

शेख हसिनाविरुद्ध पक्राउ पुर्जी जारी

फाइल तस्बिर: शेख हसिना


नेपालखबर
जेठ १८, २०८२ आइतबार १९:४६, काठमाडौँ

बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण (आईसीटी) ले आइतबार देशका अपदस्थ प्रधानमन्त्री शेख हसिनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ। 

यसअघि आईसीटीमा अभियोजन पक्षले जुलाई-अगस्टमा भएको मानवताविरुद्धको अपराधमा हसिनाविरुद्ध औपचारिक आरोपपत्र दायर गरेको थियो। 

आईसीटीमा हसिनाविरुद्ध पाँचवटा आरोपपत्र दायर छन्। जसमा हसिनालाई मानवताविरुद्धको अपराधको आदेश दिने व्यक्ति भनिएको छ। 

बीबीसी बंगला सेवाका अनुसार, आरोपपत्रमा धेरै तथ्य, तथ्यांक, कागजात, भिडिओ र अडिओ कलको विवरण उद्धृत गरिएको छ। साथै ८१ जनालाई साक्षीका रूपमा बोलाइएको छ।

यस मुद्दामा बंगलादेशका पूर्वगृहमन्त्री असदुज्जमान खान र पूर्वप्रहरी महानिरीक्षक चौधरी अब्दुल्लाह अल-मामुनविरुद्ध पनि आरोप लगाइएको छ।

असदुज्जमान खानविरुद्ध पनि पक्राउ पुर्जी जारी गरिएको छ। चौधरी अब्दुल्लाह अल-मामुन भने पक्राउ परेका छन्।

सरकारी जागिरमा आरक्षणविरुद्ध विद्यार्थीहरूले गरेको आन्दोलनले उग्र रूप लिएपछि १६ वर्षदेखिको सत्ता छाड्दै बंगलादेशबाट भागेकी ७७ वर्षीया हसिना गत वर्ष अगस्ट ५ देखि भारतको शरणमा छिन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad