राजनीति


कमल थापा प्रहरी नियन्त्रणमा

कमल थापा प्रहरी नियन्त्रणमा

फाइल तस्बिर


नेपालखबर
जेठ १८, २०८२ आइतबार १५:९, काठमाडौँ

राप्रपा, नेपालका अध्यक्ष कमल थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ। राजावादीको भिड भड्काउने गरी अभिव्यक्ति दिएको आरोपमा उनीसहित केहीलाई प्रहरीले काठमाडौँ नक्सालस्थित नारायण चौरबाट नियन्त्रणमा लिएको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी अपिलराज बोहोराले नेपालखबरलाई जानकारी दिए।  

जेठ १५ गते गणतन्त्र दिवसकै दिन पारेर राप्रपा, राप्रपा नेपाललगायत राजावादीले गणतन्त्रको विरोधमा आन्दोलन गरिरहेका छन्।  

राजावादीको जुलुस आज पनि बालुवाटार क्षेत्र पुगेको थियो। उनीहरूले बालुवाटारमा निषेधित घेरा तोड्ने प्रयाससमेत गरेका थिए। केहीबेर प्रहरी र राजावादी आन्दोलनकारीबीच धकेलाधकेलसमेत भएको थियो। 

राजावादीले काठमाडौँको नारायणहिटी आसपास पनि प्रदर्शन गर्ने तयार गरेसँगै उक्त क्षेत्र भने प्रशासनले यसअघि नै निषेधित क्षेत्र घोषणा गरिसकेको छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad