राजनीति


कांग्रेसनिकट कर्मचारी युनियन देउवा निवासमा, निजामती विधेयकमा दिए यस्ता सुझाव

कांग्रेसनिकट कर्मचारी युनियन देउवा निवासमा, निजामती विधेयकमा दिए यस्ता सुझाव

नेपालखबर
जेठ १८, २०८२ आइतबार १२:११, काठमाडौँ

निजामती विधेयकमा सुधारको माग गर्दै नेपाली कांग्रेसनिकट कर्मचारी युनियनले सभापति शेरवहादुर देउवालाई निवासमै भेटेको छ। 

आइतबार देउवा निवास पुगेका यूनियनमा आवद्ध कर्मचारीले सुझाव समेत बुझाएका थिए।

उनीहरुले बुझाएको सुझावमा ५८ वर्षबाट ६० वर्ष बनाउँदा ६ महिनादेखि दुई वर्षसम्मको समय दिनुपर्ने, अतिरिक्त सचिवको कार्यकाल तोक्नुपर्ने, १२ वर्ष सेवा अवधि पुगेका कर्मचारीहरूको एक श्रेणी बढुवा गर्नुपर्ने लगायत छन्। 

त्यस्तै उपसचिव तथा सहसचिवको परीक्षा दिँदा साविककै पाँच वर्षे सेवा अवधि लागू गर्नुपर्ने र निजामती कर्मचारीको परिभाषा अन्तर्गत तीनै तहका कर्मचारीलाई समेट्नुपर्ने रहेका छन्। 

निजामती विधेयक हाल राज्य व्यवस्था समितिकाबाट पास भएर ‘फुल हाउस’मा पठाइएको छ। देउवाले अब संसद्‍बाटै संशोधनको प्रयास गर्ने आश्वासन दिएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad