राजनीति


गणतन्त्रमा प्रश्न उठ्ने समय नै भएको थिएन : झाँक्री

गणतन्त्रमा प्रश्न उठ्ने समय नै भएको थिएन : झाँक्री

नेपालखबर
जेठ १७, २०८२ शनिबार २०:४४, काठमाडौँ

नेकपा (एकीकृत समाजवादी) की नेतृ रामकुमारी झाँक्रीले गणतन्त्रमाथि प्रश्न उठाउने समय नभएको बताएकी छिन्।

ललितपुरमा शनिबार आयोजित एक कार्यक्रममा बोल्दै उनले गणतन्त्रमा अभ्यास गरेका १८ वर्ष, संविधान जारी गरेका करिव १० वर्षमा किन प्रश्न उठ्यो त भन्ने बारेमा सोच्न जरुरी रहेको बताइन्। उनले गणतन्त्र ल्याउँदा आफूहरुले गरेका प्रतिवद्धताका बारेमा बुझाइहरु एउटै नभएको पनि उल्लेख गरिन्।

‘गणतन्त्रमा अभ्यास गरेका १८ वर्ष, संविधान जारी गरेका करिव १० वर्षमा किन प्रश्न उठ्यो त भन्ने प्रश्न छ,’ झाँक्रीले भनिन्, ‘गणतन्त्रमा प्रश्न उठ्ने समय नै भएको थिएन। तर त्यो व्यवस्था ल्याउँदा हामीले गरेका प्रतिवद्धताका बारेमा हाम्रा बुझाइहरु एउटै थिएनन्। गणतन्त्रलाई यस्तो विवादित बनाइयो। यो व्यवस्थामा हामीले काम गर्नुपर्छ, त्यो हाम्रो जिम्मेवारी हो भन्नेकुरा जिम्मेवारीवोध हामीले कम महशुस गर्‍यौँ की? तिलस्मी सपनाहरु बाँडेर मात्रै बस्यौँ, काम गरेनौँ की?’
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad