ग्लोबल


बाढीपहिरोमा परी अरुणाचल र असममा १४ जनाको मृत्यु

बाढीपहिरोमा परी अरुणाचल र असममा १४ जनाको मृत्यु

अरुणाचलमा पहिरोका कारण गाडी खाल्डोमा खस्यो, सात जनाको मृत्यु।


नेपालखबर
जेठ १७, २०८२ शनिबार २०:५७, काठमाडौँ

भारतमा बाढी र पहिरोमा परी ४८ घण्टाभित्र १४ जनाको मृत्यु भएको छ। 

भारी वर्षाका कारण अरुणाचल प्रदेश, असम, मेघालय, मिजोरममा बाढी र पहिरो प्रकोप भएको हो। 

बीबीसी हिन्दीका अनुसार शनिबार अरुणाचल प्रदेशको पूर्वी कामेङ जिल्लाको बाना-सेप्पा सडकमा पहिरोमा दुई परिवारका सात जनाको मृत्यु भएको छ भने शुक्रबार राति राज्यको जिरो सहरमा गएको पहिरोमा दुई जनाको मृत्यु भएको छ।

यस्तै असममा पहिरोमा परी पाँच जनाले ज्यान गुमाएका छन्।

प्रहरीका अनुसार, सबै मृतकहरूको पहिचान भएको छ। मृतकमा ४ साना बालबालिका र दुई महिला छन्। यी सबै अरूणाचल प्रदेशको बिचोम जिल्लाको बानाको किचाङ गाउँका बासिन्दा थिए।

यस्तै आसामको कामरूप महानगरीय जिल्लामा पहिरोका कारण पाँच जनाको मृत्यु भएको हो। लगातार वर्षापछि गुवाहाटीको बोंडा क्षेत्रनजिकै पहिरोमा परी उनीहरूको मृत्यु भएको हो। मृतकमा तीन महिला पनि छन्।

सहरी मामिला मन्त्री जयन्त मल्ल बरुआले सञ्चारमाध्यमलाई बताएअनुसार कामरूप, काचर, धेमाजी, लखिमपुर र गोलाघाटलगायत ६ जिल्लामा बाढीबाट १० हजारभन्दा बढी मानिसलाई असर परेको छ।

असम, अरुणाचल प्रदेश र मेघालयका प्रदेश सरकारले भारी वर्षा र आँधीका कारण धेरै जिल्लामा रेड अलर्ट जारी गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad