नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पहिचान, पहुँच र प्रतिनिधित्वको लडाइँमा आफू सँधै किराँत समुदायसँगै रहेको बताएका छन्।
तुवाचुङ् जायजुम संरक्षण समितिले किराँतहरुको चाड साकेला उभौलीको अवसरमा खोटाङको हलेसीमा शनिबार आयोजना गरेको ‘तुवाचुङ् डे’ लाई उद्घाटन गर्दै उनले संविधान बन्ने समयमा पनि आफूले पहिचान र समावेशी समानुपातिकको कुरा उठाएको उल्लेख गरे।
नेपाली कांग्रेसले सधै द्वन्द्व मेटिने र पहिचान भेटिने कुरामा बिश्वास गर्ने बताएका कोइरालाले हलेसी महादेव मन्दिरलाई बिश्व सम्पदा सूचीमा सुचिकृत गर्न आफूले सक्दो पहल गर्ने समेत प्रतिबद्धता जनाए।
69
Shares

प्रतिक्रिया