राजनीति


प्रचण्डलाई लिङ्देनको जवाफ– पैसा खुवाएर मान्छे ल्याएको आफ्नो अनुभव सुनाउनुभएको होला

प्रचण्डलाई लिङ्देनको जवाफ–  पैसा खुवाएर मान्छे ल्याएको आफ्नो अनुभव सुनाउनुभएको होला

नेपालखबर
जेठ १७, २०८२ शनिबार १७:१३, काठमाडौँ

राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्रका पक्षमा पैसा खुवाएर मान्छे उतारेको अनुभवका आधारमा आफूहरुलाई पनि त्यस्तै आरोप लगाएको बताएका छन्। 

प्रचण्डले शनिबार नुवाकोटमा आयोजित कार्यक्रममा  राजावादीहरूले भाडामा मान्छे ल्याएर चुरीफुरी देखाएको टिप्पणी गरेका थिए। बालुवाटारमा आयोजित प्रदर्शनबाट त्यसको जवाफ दिँदै लिङ्देनले  गणतन्त्र हल्लिँदा पिर परेकाले बर्बराएको समेत आरोप लगाए।

‘प्रचण्डजी राम्रो भए पनि नभए पनि उहाँ गणतन्त्रको संस्थापक हो,’ उनले भने, ‘उहाँको नेतृत्वमा नेपालमा गणतन्त्रको मुद्दा उठेको हो। त्यसैले गणतन्त्र हल्लिँदा सबैभन्दा ठूलो पिर उहाँलाई पर्नु स्वाभाविक हो। पिर परेको बेलामा केके बर्बराउनुहुन्छ, त्यसलाई अन्यथा मान्दिनँ।’

लिङ्दनेले थपे, ‘उहाँले गणतन्त्रको पक्षमा प्रदर्शन गर्न टाढा–टाढाबाट मान्छेहरू बोलेर ल्याउनुभएको थियो। पार्टी प्यालेसमा कुन प्रकारको भोज गर्नुभएको थियो। उहाँहरूलाई थाहा छ– खुवाएर, पैसा वितरण गरेर मान्छे ल्याउने र जुलुस गर्ने कुरा उहाँले आफ्नो अनुभव सुनाउनुभएको होला।’
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad