राजनीति


अनेरास्ववियुलाई एमालेको पत्र: २४औँ महाधिवेशनमा ३२ वर्षे उमेरहद लागु गर्नू

अनेरास्ववियुलाई एमालेको पत्र: २४औँ महाधिवेशनमा ३२ वर्षे उमेरहद लागु गर्नू

एमाले महासचिव शंकर पोखरेल


नेपालखबर
जेठ १६, २०८२ शुक्रबार ११:१७, काठमाडौँ

नेकपा एमालेले आफ्नो विद्यार्थी संगठन अनेरास्वियुलाई अब हुने संगठनको २४औँ महाधिवेशनमा ३२ वर्ष उमेरहद लागु गर्न निर्देशन दिएको छ। 

एमालेका महासचिव शंकर पोखरेलले अनेरास्ववियु केन्द्रीय कमिटीसहित सम्बन्धितहरूलाई पत्र पठाउँदै चौबीसौँ महाधिवेशनमा ३२ वर्षे उमेरहद कायम गर्न भनेका हुन्। 

पत्रमा लेखिएको छ- यस सन्दर्भमा ३२ वर्ष उमेर नकटेका प्रतिनिधिहरू मात्र विधानको व्यवस्थाअनुरूप पदाधिकारी तथा सदस्यका उमेदवार हुन पाउने वैधानिक व्यवस्था मिलाउने। यसरी निर्वाचित भएका पदाधिकारी र सदस्यहरू अर्को महाअधिवेशन नभएसम्म पदमा कायम रहन सक्नेछन्। यससम्बन्धी व्यवस्था संगठनका सबै तहका कमिटीहरूमा लागु हुने गरी विधानमा आवश्यक व्यवस्था मिलाउने।

प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीका अध्यक्षतामा २०८२ जेठ ११ गते बसेको पार्टीको केन्द्रीय सचिवालयको ५२औँ बैठकले उक्त निर्णय गरेको हो। 

अनेरास्ववियुको चौबीसौँ महाधिवेशन यही महिनामा सम्पन्न हुने एमालेले जनाएको छ।

स्ववियु निर्वाचनका लागि पनि २८ वर्षको उमेरहद कायम भइसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad