राजनीति


सशस्त्रमा गिरीलाई उछिन्दै ठाडा मगर एआईजीमा बढुवा सिफारिस

सशस्त्रमा गिरीलाई उछिन्दै ठाडा मगर एआईजीमा बढुवा सिफारिस

नेपालखबर
जेठ १५, २०८२ बिहिबार २०:५१, काठमाडौँ

सशस्त्र प्रहरी बलका प्रहरी नायव महानिरीक्षक (डीआईजी) गणेश ठाडा मगर अतिरिक्त महानिरीषक एआईजीमा बढुवाका लागि सिफारिस भएका छन्। बिहीबार साँझ बसेको बढुवा समितिको बैठकले ठाडा मगरलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले जानकारी दिए। 

गणेश ठाडा मगर कमल गिरीलाई उछिनेर एआईजीमा सिफारिस भएका हुन्। गिरी पहिलो नम्बरका डीआईजी हुन्। यसअघि एसएसपीसम्म ठाडा मगर गिरी भन्दा वरियतामा अगाडी थिए। तर डीआईजीमा कमल गिरी अगाडी लागेका थिए। 

वैशाख २ गते सीमा सुरक्षा विकागमा कार्यरत एआईजी चन्द्रप्रकाश गौतम अनिवार्य अवकास भएपछि सशस्त्र प्रहरीमा एउटा एआईजी पद रिक्त भएको थियो। 

गिरी र ठाडा मगरको लामो रस्साकस्सीपछि बिहीबार बढुवा टुंगो लागेको हो। एआईजी नबनेसँगै कमल गिरीसहित सँगै डीआईजीको पदावधि थप भएका कुलबहादुर नेम्वाङ र शम्भु सुवेदी आगामी पुसमा अनिवार्य अवकास हुने भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad