राजनीति


कोरोना संक्रमण फैलिन नदिन प्रदेश २ सरकारले विज्ञ समूहको सुझाव पालना गर्ने

कोरोना संक्रमण फैलिन नदिन प्रदेश २ सरकारले विज्ञ समूहको सुझाव पालना गर्ने

नेपालखबर
चैत २४, २०७६ सोमबार २:२२,

कोरोना महामारी नियन्त्रणका लागि प्रदेश २ मा विज्ञ समूहको प्रतिवेदन शतप्रतिशत कार्यान्वयन गरिने भएको छ। मुख्यमन्त्री लालबाबु राउतको नेतृत्वमा रहेको उच्चस्तरीय समितिको बैठकले यस्तो निर्णय गरेको हो।

विज्ञ समूहले कोरोना महामारी नियन्त्रण, रोकथाम तथा उपचारका लागि विभिन्न सुझावसहितको प्रतिवेदन बुझाएलगत्तै बसेको उच्चस्तरीय समितिको बैठकले विज्ञ समूहको प्रतिवेदन शतप्रतिशत कार्यान्वयन गर्ने निर्णय गरेको मुख्यमन्त्री राउतले जानकारी दिए।

विज्ञ समूहले महामारी नियन्त्रणका लागि चिकित्सकीय सामग्रीको प्रयोग, चिकित्सकको व्यक्तिगत सुरक्षा तथा प्रोत्साहन भत्ता, क्वारेन्टाइन, आइसोलेसनको मापदण्ड, कोरोना विशेष अस्पतालको निर्माण, आपूर्ति व्यवस्थामा समन्वयसहितलाई समेटेर सुझाव बुझाएको थियो।

यसका साथै समितिको बैठकमा मुख्यमन्त्री राउतले प्रदेश सरकारले महामारी नियन्त्रण सम्बन्धमा यसअघि गरेको निर्णय कार्यान्वयनको अवस्थाबारे सम्बन्धित अधिकारीसँग जवाफसमेत मागेका थिए।

प्रदेश सरकारले यसअघि प्रदेशभरिमा ५० वटा भेन्टिलेटर, दुईवटा पिसिआर, आठ वटा एम्बुलेन्स र शवबाहन खरिद गर्ने निर्णय गरेको थियो।

उच्चस्तरीय बैठकमा मुख्यमन्त्री राउतसहित आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादव, आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादव, प्रमुख सचिवलगायत विभिन्न मन्त्रालयका सचिव, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रदेश प्रमुखसहितको उपस्थिति थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad