राजनीति


पूर्वराजालाई माधव नेपालले भने: देशको चिन्ता भए प्रधानमन्त्री बनेर आउनू

पूर्वराजालाई माधव नेपालले भने: देशको चिन्ता भए प्रधानमन्त्री बनेर आउनू

नेपालखबर
जेठ १५, २०८२ बिहिबार १३:७, काठमाडौँ

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले गणतन्त्रको विकल्प सम्मुनत गणतन्त्रमात्रै भएको बताएका छन्। गणतन्त्र दिवसको अवसरमा पार्टी कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै उनले वंशको शासन नचाहिएको बताए।
 
'गणतन्त्रको विकल्प सम्मुनत गणतन्त्र नै हो। गणतन्त्रको विकल्प राजतन्त्र होइन। राजतन्त्रको बारेमा कुरा उठिरहेको छ। बाबु भएन भने छोरा, छोरा भएन भने नाति, कुन दिन जन्मिँदै गरेको पनातिलाई जिम्मा दिऊँ भन्ने कुरा आउला त्यो हुनाले वंशको शासन हामीलाई चाहिएको छैन' नेपालले भने। 

उनले पूर्वराजा ज्ञाानेन्द्र शाहलाई मुलुक सञ्चालनको चिन्ता भए प्रधानमन्त्री बनेर आउन चुनौती दिए । 'यदि मुलुक सञ्चालन गर्ने चिन्ता कसैलाई लागेको हो भने प्रधानमन्त्री भएर आए हुन्छ,' उनले भने, 'चुनावको मैदानमा उत्रिए हुन्छ। जनताको मन र विश्वास जिते हुन्छ।'
 
प्रतिस्पर्धाबाट मन जितेर अघि बढ्ने आँट गर्न उनले पूर्वराजालाई चुनौती दिए। अध्यक्ष नेपालले इतिहासको पांग्रा पछि धकेल्न नदिइने बताए।  
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad