राजनीति


आज एकै दिन, एउटै स्थान रत्नपार्कमा प्रदर्शन गर्दै एमाले र राजावादी

आज एकै दिन, एउटै स्थान रत्नपार्कमा प्रदर्शन गर्दै एमाले र राजावादी

नेपालखबर
जेठ १५, २०८२ बिहिबार ५:४१, काठमाडौँ

आज जेठ १५ गते, गणतन्त्र दिवसका दिन सत्तारुढ नेकपा एमाले र राजावादी समूहले एकै स्थान रत्नपार्कमा प्रदर्शन गर्दै छन्। 

तर एमालेले कार्यक्रम गरिसकेपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायत राजावादी समूहले प्रदर्शन गर्ने सहमति भएको छ। 

जिल्ला सुरक्षा समिति काठमाडौँको बैठकले एमालेले गर्ने गणतन्त्र उत्सवको कार्यक्रम दिउँसो २ बजेसम्ममा सक्ने र त्यसपछि राजावादीले सोही स्थानमा कार्यक्रम गर्ने सहमति गराएको हो। 

राप्रपा र ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ले दिउँसो २ बजेपछि शान्तिवाटिकामा कार्यक्रम गर्ने भएका हुन्। 

कुनै अप्रिय घटना नहोस् भनेर आज नेपाल प्रहरीले काठमाडौँमा सुरक्षा व्यवस्था कडा बनाइएको जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad