राजनीति


गृहमन्त्रीको राजीनामाबाट विपक्षी टसमस नभएपछि स्थगित भयो संसद् बैठक

गृहमन्त्रीको राजीनामाबाट विपक्षी टसमस नभएपछि स्थगित भयो संसद् बैठक

नेपालखबर
जेठ १४, २०८२ बुधबार १६:१९, काठमाडौँ

गृहमन्त्रीको राजीनामाबाट विपक्षी दलहरू टसमस नभएपछि संसद् बैठक आज पनि कार्यसूचीमा प्रवेश नगरी स्थगित भएको छ। अब भोलि जेठ १५ गते दिउँसो १:३० बजे बैठक बस्नेछ।

आज बिहान ११ बजेका लागि डाकिएको बैठक १ बजे मात्रै सुरु भएको थियो। चार मिनेटमात्रै बसेको बैठकमा विपक्षीले गृहमन्त्री रमेश लेखकको राजीनामा मागेर उठेर विरोध जनाएपछि सभामुख देवराज घिमिरेले ३० मिनेटको लागि स्थगित गरेका थिए। 

बैठक स्थगितको सूचना सुनाएर प्रमुख सचेतकहरूसँग छलफल गरेका थिए। उनले आजको बैठक सुरु हुनुअघि पनि प्रमुख सचेतकहरूसँग छलफल गरेका थिए।  

त्यस अवधिमा पनि बैठक सञ्चालनबारे दलहरूबीच सहमति जुट्न नसकेपछि सभामुखले दिउँसो साढे ३ बजे बैठक बस्ने सूचना गरेका थिए।

संसद् बैठक स्थगितपछि बसेको बैठकमा विपक्षीहरूले गृहमन्त्रीको राजीनामा नै बटम लाइन भएको दोहोर्‍याइरहेपछि बैठक भोलि दिउँसो १ बजेसम्मका लागि स्थगित भएको हो। 

भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री लेखकको विषयमा आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गृहमन्त्री लेखकसहित प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरे र एमाले प्रमुख सचेतक महेश बर्तौलाबीच छलफल भएको थियो। गृहमन्त्रीले राजीनामा नदिने तर संसद्‌मा बोल्न दिनेबारे छलफल भएको थियो।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad