राजनीति


गृहमन्त्रीको राजीनामा माग्दै समाजवादी मोर्चाका भ्रातृ संगठन सडकमा (तस्बिरहरू)

गृहमन्त्रीको राजीनामा माग्दै समाजवादी मोर्चाका भ्रातृ संगठन सडकमा (तस्बिरहरू)

सरोज नेपाल
जेठ १३, २०८२ मंगलबार १६:४१, काठमाडौँ

भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै विपक्षी दलका भ्रातृ संगठनहरुले काठमाडौँको माघइतीघर मण्डलामा मंगलबार प्रदर्शन गरेका छन्।

प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रसहित समाजवादी मोर्चामा आवद्ध दलका भातृ संगठनले प्रदर्शन गरेका हुन्। 

माओवादी केन्द्रको भ्रातृ संगठनहरू अखिल(क्रान्तिकारी) र योङ कम्युनिष्ट लिग (वाईसीएल), नेकपा एकीकृत समाजवादीका भ्रातृ संगठनहरु अनेरास्ववियू र युवा संघ नेपाल तथा नेपाल कम्युनिष्ट पार्टीको भ्रातृ संगठन अखिल (समाजवादी) र युवा संगठन नेपालले प्रदर्शन गरेका हुन्।

उनीहरुले गृहमन्त्रीको राजीनामा माग्दै भिजिट भिसा प्रकरणको छानबिन गर्न समेत माग गरेका छन्।


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad