राजनीति


समाजवादी क्रान्तिको तयारीको लागि आवश्यक कम्युनिस्ट एकताको प्रक्रियामा अघि बढेका छौँ : प्रचण्ड

समाजवादी क्रान्तिको तयारीको लागि आवश्यक कम्युनिस्ट एकताको प्रक्रियामा अघि बढेका छौँ : प्रचण्ड

नेपालखबर
जेठ १२, २०८२ सोमबार १५:३६, काठमाडौँ

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादी क्रान्तिको तयारीको लागि आवश्यक पर्ने कम्युनिस्ट एकताको प्रक्रियामा अगाडि बढिरहेको बताएका छन्।

सोमबार ललितपुरमा भएको माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीबीच पार्टी समायोजन कार्यक्रममा बोल्दै उनले विभिन्न उत्तारचढावकाबीच आजको दिन सम्म आइपुगेको बताए।

‘केही उतारचढावका बीच आजको दिनसम्म आइपुगेका छौँ, यसले स्पष्ट सन्देश दिएको छ, पार्टी एकताको, समायोजनको, एकीकरणको, जे भने पनि सार एउटै हो,’ प्रचण्डले भने, ‘हामी एउटा गम्भीर ढंगले समाजवादी क्रान्तिको तयारीको लागि आवश्यक पर्ने कम्युनिस्ट एकताको प्रक्रियामा अगाडी बढिरहेका छौँ। ०६४ को निर्वाचनमा हामीले प्राप्त गरेको अभिमत हामीले जोगाउन सकेनौँ, पार्टी विभाजित भयो। त्यो विभाजनले नेपाली सर्वहारा वर्ग, श्रमजीवी जनताको लागि निकै ठूलो क्षति भयो।’

उनले थपे, ‘आगामी दिनमा क्रमशः समाजवादी आन्दोलन अगाडी बढ्दै जाँदा एकीकरण, समायोजन, ध्रुवीकरणको प्रक्रिया पनि निरन्तर अगाडी बढ्दै जानेछ भन्ने विश्वास व्यक्त गर्न चाहन्छु।’

उनले नेसपासँगको समायोजन कम्युनिस्ट एकताको ठूलो सुरुवात भएको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad