नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको चाहनाबमोजिम भ्रातृ संगठन ‘राष्ट्रिय युवा संघ नेपाल’ अन्तत: ‘सर्वसम्मत’ रूपमा नयाँ नेतृत्व चयन गर्न असफल भएको छ।
वादविवाद र चर्को नाराबाजीपछि पोखरामा जारी युवा संघको दसौँ महाधिवेशन आइतबार चुनावी प्रक्रियामा प्रवेश गरिसकेको छ।
आगामी अध्यक्षका लागि निवर्तमान अध्यक्ष क्षितिज थेबे र महासचिव सुमन पुरी प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका छन्।
यसैबीच एमाले पोलिटब्युरो सदस्य गोकुल बाँस्काेटाले यस विषयमा टिप्पणी गरेका छन्।
पार्टीभित्रको प्रतिस्पर्धालाई जटिल बनाउन थालिएको गुनासो उनले गरेका हुन्।
‘एमालेकोआन्तरपार्टी जीवनभित्र हुने प्रतिस्पर्धालाई निकै जटिल र दुरूह बनाउन खोजेजस्तो व्यवहार प्रकट हुन थालेका छन्। चुनाव दुस्मनी र सहमति गरे टीका प्रथा भन्नु गलत हो’, पूर्वमन्त्रीसमेत रहेका बाँस्कोटाले सोमबार सामाजिक सञ्जालमा लेखेका छन्, ‘जबजको संगठनात्मक सिद्धान्तअनुरूप पार्टी र सम्बद्ध संगठन चलाए भैगो। जबज भन्या गजब र फलानोको साथ मलाई भन्न बन्द गरौँ न!’
Shares

प्रतिक्रिया