राजनीति


विद्या भण्डारीको चीन भ्रमण पूर्वराष्ट्रपतिको हैसियतमा : एमाले

विद्या भण्डारीको चीन भ्रमण पूर्वराष्ट्रपतिको हैसियतमा : एमाले

नेपालखबर
जेठ ११, २०८२ आइतबार १७:१८, काठमाडौँ

सत्तारुढ नेकपा एमालेका महासचिव शंकर पोखरेलले पूर्वराष्ट्रपति विद्या भण्डारीको चीन भ्रमण पूर्वराष्ट्रपतिकै हैसियतमा भएको बताएका छन्।

आइतबार बसेको एमालेको सचिवालय बैठकपछि उनले भण्डारी एमाले आन्दोलनको नेता भएकाले पनि भ्रमण दलमा पार्टीका नेताहरु सहभागी भएको उल्लेख गरे।

‘पूर्वराष्ट्रपतिको भ्रमण पूर्वराष्ट्रपतिकै हैसियतमा भएको छ, उहाँलाई पूर्वराष्ट्रपतिकै हैसियतमा निमन्त्रणा गरिएको छ,’ पोखरेलले भने, ‘स्वभाविकरुपमा पूर्वराष्ट्रपति नेकपा एमाले आन्दोलनको नेता भएको नाताले उहाँको टिममा पार्टीसम्बद्ध साथीहरू पनि सामेल हुनुहुन्छ।’

भण्डारी मन्त्री र एमाले नेतासहितको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शनिबार राती चीन प्रस्थान गरेकी थिइन्। भ्रमण दलमा नेकपा एमालेका विदेश विभाग प्रमुख रघुवीर महासेठ, उद्योगमन्त्री दामोदर भण्डारी, कर्णबहादुर थापासहितका नेताहरू छन्। 

भण्डारी बेइजिङ र गान्सु प्रान्तमा आयोजित दुईवटा कार्यक्रमको मुख्य अतिथिको रुपमा सहभागी हुनेछिन्। चीनका विभिन्न छिमेकी राष्ट्रबाट निम्त्याइएका राजनीतिक दलका प्रतिनिधिबीच हुने संवाद कार्यक्रममा उनी प्रमुख अतिथि रहेकी छन्। सोमबार बिहान हुने उक्त कार्यक्रममा उनले मन्तव्य पनि राख्नेछिन्।

उनले मंगलबार चाइना काउन्सिल फर दि प्रमोसन अफ इन्टरनेसनल ट्रेड (सीसीपीआईटी) का नेतासँग भेट्नेछिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad