राजनीति


एमाले सचिवालय बैठक जारी

एमाले सचिवालय बैठक जारी

नेपालखबर
जेठ ११, २०८२ आइतबार १४:४८, काठमाडौँ

नेकपा एमालेको सचिवालय बैठक जारी छ। बैठक पार्टी केन्द्रीय कार्यलय च्यासलमा बसिरहेको हो।  आजको बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल गर्न र पार्टीका केही आन्तरिक विषय छलफल हुने नेताहरूले बताएका छन्। 

गत वैशाख २१ गते बसेको सचिवालय बैठकबाटै एमालेका निलम्बित स्थायी समिति सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सेनाको कारबाही फुकुवा गर्ने भनिए पनि फेरि वैशाख २४ गते बैठक बसेर निर्णय गर्ने भनिएको थियो। तर त्यस दिन बैठक बस्न सकेन। 

त्यसको तीन सातापछि आज एमाले सचिवालयको बैठक बसेको हो। यस्तै आजको बैठकमा भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक जोडिएको विषयमा पनि छलफल हुने बताइएको छ। 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत भिजिट भिसामा विदेश जाने नेपालीहरूबाट रकम असुली भएको प्रकरणमा गृहमन्त्री लेखकसमेत संलग्न रहेको आरोप लागेपछि उनकै पार्टी कांग्रेसकै नेताहरूले नैतिकताका आधारमा राजीनामा दिन आग्रह गरिरहेका छन्। 

यसको चर्चा व्यापक बन्न थालेपछि गृहमन्त्री लेखकले शनिबार गृह मन्त्रालयका तर्फबाट विज्ञप्ति जारी गर्न लगाई त्यस प्रकरणमा आफू संलग्न नरहेको दाबी त गरेका छन् तर यसबाट सत्तारुढ दलकै नेता सन्तुष्ट हुन सकेका छैनन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad