राजनीति


कांग्रेसको नेतृत्वमा सरकार बनाउन लाग्छौँ : गृहमन्त्री लेखक

कांग्रेसको नेतृत्वमा सरकार बनाउन लाग्छौँ : गृहमन्त्री लेखक

नेपालखबर
जेठ १०, २०८२ शनिबार १५:०, काठमाडौँ

गृहमन्त्री एवं कांग्रेस सांसद रमेश लेखकले कांग्रेसको नेतृत्वमा सरकार बनाउन लागिपर्ने बताएका छन्।

शनिबार जनकपुरमा पार्टीको मधेस प्रदेश कार्यसमितिको विशेष बैठकमा बोल्दै उनले कांग्रेसका नेता, कार्यकर्ताहरुले लामो समयसम्म पनि कांग्रेसको सरकार नबनेको भन्ने गुनासो गरिरहेको उल्लेख गरे।

‘लामो समयसम्म कांग्रेसको सरकार बनेन भन्नेकुरा छ, साथीहरुले सही कुरा भन्नुभएको छ,’ लेखकले भने, ‘यो कुरालाई हामीले केन्द्रमा गम्भीरतापूर्वक लिएका छौँ। यो कुरालाई सम्बोधन गर्नका लागि हामी लागिपर्छौं।’

उनले थपे, ‘हामी अहिले संयुक्त सरकारमा छौँ। नेपाली कांग्रेस र एमालेको सरकार छ। सरकार सञ्चालनमा एकै पार्टीको सरकार हुँदा पनि केही जटिलता हुन्छन्। दुई वटा पार्टी र दुई वटामा पनि प्रतिष्पर्धी पार्टीका बीचमा सरकार संयुक्त रुपमा सञ्चालन गर्नेकुरामा केही समस्या, जटिलताहरु उत्पन्न हुन्छन्। त्यसलाई तपाईंहरुले गम्भीरतापूर्वक हेर्नुहोला।’

गृहमन्त्री लेखकले मधेस प्रदेश सरकारको आलोपालो नेतृत्व गर्ने सहमति भएको समेत बताए। पछिल्लो १० महिनामा अर्थतन्त्रमा धेरै ठूलो परिवर्तन भएको उनको जिकिर छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad