राजनीति


भिजिट भिसा प्रकरणमा गृहमन्त्री- मन्त्रालयले आजै विज्ञप्ति निकाल्छ, दुईचार दिनमा म पनि बोल्छु

भिजिट भिसा प्रकरणमा गृहमन्त्री-  मन्त्रालयले आजै विज्ञप्ति निकाल्छ, दुईचार दिनमा म पनि  बोल्छु

नेपालखबर
जेठ १०, २०८२ शनिबार १५:१४, काठमाडौँ

गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा गृहमन्त्रालयले आजै विज्ञप्ति निकालेर स्पष्ट पार्ने बताएका छन्।

शनिबार नेपाली कांग्रेस धनुषाको पार्टी कार्यालयमा कार्यकर्तासँग गरेको छलफलका उनले दुई/चार दिनपछि आफूँ पनि बोल्ने बताए।

‘केही दिनदेखि भिजिट भिसासँग जोडेर मेरो बारेमा समाजिक संजालमा लेख्ने काम भइरहेको छ,’ कार्यकर्ताले यसबारे सोधेको प्रश्नको जवाफ दिँदै लेखकले भने, ‘दुई/तीन दिन यो कहाँबाट, कसरी, किन भइरहेछ भनेर खोजीराखे थिएँ। यस विषयमा मैले धेरै कुरा थाहा पाइसकेका छु।’

उनले थपे, ‘आजै काठमाडौँ गइसकेपछि मेरो मन्त्रालयले विज्ञप्ति निकाल्छ र दुई/चार दिनमा आफैँ पनि केही कुरा बोल्छु। अनि देशभरका साथीहरूलाई प्रष्ट हुन्छ। त्यसो हुनाले त्यतातिर अहिले धेरै बोल्दिनँ।’

गृहमन्त्री लेखकले पार्टीका सार्थीहरूको मन सानो हुने र टाउको निहुरिने काम आफूले कुनै पनि हातमा नगर्ने समेत जिकिर गरे।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत भिजिट भिसामा जाने युवाबाट रकम असुली गरिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अध्यागमन कार्यालयका प्रमुख सहसचिव तीर्थराज भट्टराईलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ। 

यो प्रकरणमा कम्तिमा १४ कर्मचारी आयोगको छानबिनमा परेपछि शुक्रबार गृहमन्त्रालयले उनीहरुलाई जिम्मेवारीबाट हटाएको थियो।

गृहमन्त्रीको मञ्जुरीबिना यस्तो काम हुननसक्ने भन्दै धेरैले गृहमन्त्री लेखकमाथि छानबिन थाल्नुपर्नेमा दवाव बढाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad