लकडाउनका कारण काम गर्न नपाएर भोकै परेका काठमाडौँका श्रमिक परिवारको डेरामा शहरी विकास राज्यमन्त्री रामवीर मानन्धर रासनसहित पुग्न थालेका छन्।
लकडाउनको समयमा कोही पनि भोकै बस्नु नपरोस् भनेर श्रमिकको डेरामै पुगेर राहत बाँडेको मानन्धरले बताए।
मानन्धरले पर्सा घर भई हाल चन्द्रागिरि नगरपालिका १३ मा डेरा गरी बसेका जौआद हुसेनको परिवारलाई डेरामै पुगेर खाद्यान्न दिएका छन्।
हुसेनको परिवारले राज्यमन्त्री मानन्धरलाई खाद्यान्न अभाव भएको जानकारी गराएपछि मानन्धर खाद्यान्न लिएर डेरामै पुगेका उनको सचिवालयले जनाएको छ। खाद्यान्न पाएपछि हुसेनको परिवार खुसी भएको छ।

प्रतिक्रिया