राजनीति


कांग्रेसभित्र एकता अपरिहार्य छ : प्रवक्ता महत

कांग्रेसभित्र एकता अपरिहार्य छ : प्रवक्ता महत

नेपालखबर
जेठ ७, २०८२ बुधबार १८:५, दमौली (तनहुँ)

नेपाली कांग्रेसका प्रवक्ता एवं पूर्वमन्त्री डा प्रकाशशरण महतले पार्टीभित्र एकताको विकल्प नरहेको बताएका छन्। 

नेपाली कांग्रेस भानु नगरसमितिले बुधबार  आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले पार्टी बलियो हुन पार्टीभित्र सहमति र एकता अपरिहार्य रहेको बताए।

पार्टीभित्रका कमजोरी सुधार्दै पार्टीलाई बलियो बनाउनु अहिलेको मुख्य आवश्यकता रहेको उनको भनाइ छ। कांग्रेस बलियो भएमात्रै अन्य पार्टीसँग प्रतिस्पर्धा गर्न सकिने प्रवक्ता महतले उल्लेख गरे। 

प्रवक्ता महतले कांग्रेसको नेतृत्वमा देश विकास सम्भव रहेको र धेरै विकासका काम पार्टीकै नेतृत्वमा भएको बताउँदै कांग्रेसले गरेका कामको प्रचारप्रसार गर्न आवश्यक रहेको टिप्पणी गरे। 

कार्यक्रममा नेपाली कांग्रेसका वैकल्पिक केन्द्रीय सदस्य पुष्पराज पराजुली, जिल्ला कार्यसमितिका उपसभापति देवकुमार श्रेष्ठ, सचिव सहदेव अधिकारी, भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीलगायत सहभागी थिए।रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad