राजनीति


रुकुमपूर्वको नेसपा(नयाँ शक्ति) माओवादी केन्द्रमा समाहित

रुकुमपूर्वको नेसपा(नयाँ शक्ति) माओवादी केन्द्रमा समाहित

नेपालखबर
जेठ ७, २०८२ बुधबार १५:४१, काठमाडौँ

जनतासँग माओवादी–मध्यपहाडी लोकमार्ग जनजागरण अभियान रुकुमपूर्व पुगेको छ। अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'सहितका नेताहरू उक्त अभियानमा सहभागी छन्। 

अभियानकै क्रममा ठाउँ-ठाउँमा जनसंवाद नाम दिएर माओवादीले कार्यक्रम पनि गरिरहेको छ। उक्त कार्यक्रमलाई प्रचण्डसहित केही सीमित शीर्ष नेताले मात्रै सम्बोधन गरेका छन्। 

शीर्ष नेता सहभागी भएका प्राय:सबै ठाउँमा पार्टी प्रवेश कार्यक्रम पनि राखिएको छ। आज रुकुमपूर्वमा पनि उक्त कार्यक्रम राखिएको थियो। रुकुमपूर्वमा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को सिंगो पार्टी नै माओवादी केन्द्रमा समाहित भएको दाबी गरेको छ। यसलाई नेपाल समाजवादी पार्टी नयाँ शक्तिले भने पुष्टि गरेको छैन। 
 
माओवादीका अनुसार जनमुक्ति सेनाका पूर्व कमान्डर तथा नेसपाका पूर्व केन्द्रीय सदस्य जितमान पुन ‘मार्सल’सहित डा.बाबुराम भट्टराई नेतृत्वको नेसपा नयाँ शक्तिको सिंगो कमिटी माओवादीमा समाहित भएको हो।

साथै नेकपा (एमाले)निकट दलित मोर्चाका जिल्ला अध्यक्ष उपेन्द्रलाल कामी पनि माओवादी प्रवेश गरेका छन्।  

अध्यक्ष प्रचण्डले पार्टीमा प्रवेश गरेका नेताहरूलाई स्वागत गर्दै परिवर्तनको आन्दोलनमा पुनः जुट्न  आग्रह गरे।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad