कारोबार


पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा धेरै आर्थिक अनियमितता भएको छः सांसद केसी

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा धेरै आर्थिक अनियमितता भएको छः सांसद केसी

नेपालखबर
जेठ ७, २०८२ बुधबार १५:४७, काठमाडौँ

नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा धेरै आर्थिक अनियमितता भएको बताएका छन्।

बुधबारको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हन्। उनले विमानस्थल निर्माणमा सम्पूर्ण रुपमबाट भ्रष्टाचार भएको स्पष्ट पारे। महंगो ब्याजमा ल्याएको ऋण नेपाली जनताको थाप्लोमा बोकाएर चुपचाप बस्ने परम्परा स्थापित गर्न नहुने उनको भनाई छ।

सांसद केसीले निर्माणको जिम्मा देशसँग नभइ छिमेकी देशको ठेकेदार कम्पनीसँग सम्झौता भएकाले कोही रिसाउँछ भनेर प्रतिवेदनमा भ्रष्टाचारको कुरा लुकाउन नमिल्ने उल्लेख गरे।

उनले भने, ‘यो सम्पूर्ण रुपबाट भ्रष्टाचार भएको छ। यसमा धेरै आर्थिक अनियमितता भएको छ। अर्को कुरा यो एउटा कुनै कम्पनीले गर्यो। मित्र राष्ट्र चीनकोले गर्ला, अमेरिका, भारतकोले गर्ला। उनीहरूको कम्पनीसँग हामीले यत्रो महंगो ब्याजमा ल्याएको ऋण रकम नेपाली जनताको थाप्लोमा बोकाएर अनि हामी चुपचाप बस्ने परम्परा स्थापित भयो भने हाम्रो के हुन्छ। यो चीन र नेपालको डिप्लोमेटिक रिलेसनसँग सम्बन्धित कुरा होइन। एउटा ठेकदार कम्पनीसँग सम्बन्धित कुरा हो।’

उनले ठेकेदार कम्पनीसँगको सम्झौतामा अनियमितता, आर्थिक घोटाला भएकोबारे स्थलगत अध्ययन गरेर दिएको निर्देशनअनुसार नै प्रतिवेदन आएको बताए। प्रतिवेदनलाई पूरक मतसहित अख्तियारमा पठाउने काम गर्नुपर्ने उनले स्पष्ट पारे।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad