राजनीति


सरकारले बनायो लकडाउनलाई थप कडा, एउटा स्थानीय तहबाट अर्काेमा पनि जान नपाइने (भिडियाे)

सरकारले बनायो लकडाउनलाई थप कडा, एउटा स्थानीय तहबाट अर्काेमा पनि जान नपाइने (भिडियाे)

नेपालखबर
चैत २२, २०७६ शनिबार १४:३६,

कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि सरकारले लकडाउनलाई थप कडा बनाएको छ।

शनिबार साँझ सम्पन्न मन्त्रिपरिषद् बैठकले अब एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला र एक स्थानीय तहबाट अर्कोमा जान नदिने निर्णय गरेको हो।

सरकारका प्रवक्ता डा. युवराज खतिवडाले लकडाउनको समय बढाउने वा नबढाउने निर्णय भने अहिले भइनसकेको जानकारी दिए। अब अर्काे बैठकमा यसबारे निर्णय हुने उनले बताए। 

पहिलाे चरणमा चैत ११ देखि १८ गते बिहान ६ बजेसम्मका लागि लकडाउन घाेषणा गरेकाे सरकारले काेराेना महामारीकाे खतरा बढ्दै गएपछि यसअघि नै चैत २५ गतेसम्मका लागि लकडाउन लम्ब्याइसकेकाे छ। 

शनिबार एकैपटक तीन जनामा कोरोना संक्रमण पुष्टि भएपछि नेपालमा कोरोना संक्रमितको संख्या ९ पुगेको छ।

याे भिडियाेबाट सुनाैँ शनिबार मन्त्रिपरिषद् बैठकले काेराना महामारीका विषयमा गरेका निर्णय: 

याे पनि : 
स्थानीय संक्रमण सुरु भएसँगै क्वारेन्टिन अझ अनिवार्य भयो: स्वास्थ्य मन्त्रालय

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad