राजनीति


आज प्रतिनिधिसभामा प्रधानमन्त्रीले जवाफ दिने कार्यक्रम अचानक स्थगन

आज प्रतिनिधिसभामा प्रधानमन्त्रीले जवाफ दिने कार्यक्रम अचानक स्थगन

नेपालखबर
जेठ ६, २०८२ मंगलबार ११:१५, काठमाडौँ

आज प्रतिनिधि सभामा प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिने कार्यक्रम हटाइएको छ। 

यसअघि सम्भावित कार्यसूचीमा आज प्रधानमन्त्री सांसदका प्रश्नमा जवाफ दिने कार्यक्रम उल्लेख थियो। 

तर स्वास्थ्यका कारण आज प्रधानमन्त्री ओली संसद् बैठकमा उपस्थित हुन नसक्ने उनको सचिवालयले जनाएको छ। 

सोही कारण उनले जवाफ दिने भनिएको कार्यक्रम कार्यसूचीबाट स्वत: हटाइएको हो। 

त्यसो त गभर्नर नियुक्तिका विषयमा सत्ताधारी दुई दल एमाले र कांग्रेसबीच कुरा मिलिरहेको छैन। 

सोमबार पनि प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच हुने भनिएको भेट स्थगन भएको थियो।

जुन भेटमा दुई नेताबीच नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिकै विषयमा छलफल हुने भनिएको थियो।

सोमबार साँझ ७ बजेका लागि बालुवाटारमा हुने भनिएको भेट देउवा नगएपछि हुन नसकेको हो। 

जसका कारण गभर्नर नियुक्ति पनि अनिश्चित भएको छ।

यसअघि सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जेठ १ गतेको पत्रकार सम्मेलनमा ४ दिनभित्रै गभर्नर नियुक्त गरिसक्ने दाबी गरेका थिए।

गत चैत २५ गतेदेखि राष्ट्र बैंक गभर्नरविहीन छ।

विभिन्न स्वार्थ समूहको दाउपेच र सत्ता साझेदार दल नेपाली कांग्रेस र नेकपा एमालेको नेतृत्व तहमा कुरा मिल्न नसकेका कारण गभर्नर नियुक्ति हुन नसकेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad