राजनीति


परराष्ट्रमन्त्री आरजु राणा जापान प्रस्थान

परराष्ट्रमन्त्री आरजु राणा जापान प्रस्थान

नेपालखबर
जेठ ६, २०८२ मंगलबार १०:५६, काठमाडौँ

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा जापान प्रस्थान गरेकी छन्। 

उनको सचिवालयका अनुसार जापानको टोकियोमा बुधबार सुरु हुने ज्येष्ठ नागरिकमा देखापर्ने सामाजिक एकान्ततासम्बन्धी सम्मेलनमा सहभागी हुन उनी गएराति त्यसतर्फ गएकी हुन्।

एसियाली नागरिकको कल्याण तथा शिक्षाका लागि प्रतिष्ठान (फाउन्डेसन फर द वेलफेयर एन्ड एजुकेसन अफ द एसियन पिपुल) ले आयोजना गर्ने सम्मेलनमा १२ भन्दा बढी देशका मन्त्री, सरकारी उच्च अधिकारी एवं वरिष्ठ सामाजिक अभियन्ता सहभागी हुँदै छन्।

जापानमा रहँदा परराष्ट्रमन्त्री राणााले द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम पनि छ।

उनी जापानबाट आगामी शनिबार स्वदेश फर्कने कार्यतालिका रहेको उनको सचिवालयले जानकारी दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad