राजनीति


राधिका शाक्यले भनिन्: ढुक्क हुनुस् राजनीतिमा आउँदिन

राधिका शाक्यले भनिन्: ढुक्क हुनुस् राजनीतिमा आउँदिन

नेपालखबर
जेठ ५, २०८२ सोमबार १८:२१, काठमाडौँ

प्रधानमन्त्री पत्नी राधिका शाक्यको आत्मकथा ‘करुणा’का विषयमा आज विभिन्न सञ्चार माध्यमका सम्पादकहरूसँग संवाद भएको छ। प्रेस चौतारी नेपालको आयोजनामा भएको सो संवादमा लेखक शाक्यले आफूले हरेक दिनजसो केही न केही लेखिरहने विगतदेखिको बानीकै कारण करुणा जन्मिएको बताइन्। 

‘म धेरै पहिलेदेखि नै आफूले देखेका,भोगेका र सुनेका कुराहरु टिपोट गरेर राख्ने गर्थें,’ शाक्यले भनिन्, ‘ति टिपोटहरूलाई एकै ठाउँमा कम्पायल गर्दा करुणा जन्मिएको हो। यसमा मेरा अनुभूतिहरु समेटिएका छन्।’ 

शाक्यले आफूमा आम महिलामा हुने स्वभाव नभएको उल्लेख गर्दै गफ गरेर समय बिताउनु भन्दा कुनै सृजनात्मक काम गरौं भन्ने उद्धेश्यले यो कृति तयार गरेको बताए। उनले फूर्सद हुनासाथ केही न केही लेख्ने वा पढ्ने सानै देखिको बानीका कारण किताब लेख्नतिर मन गएको उनको भनाइ छ। 

पुस्तक संवादका क्रममा सम्पादकहरूले शाक्यलाई तपाईं राजनीतिमा आउन लागेको हो कि भनेर प्रश्न गरेका थिए। शाक्यले सबैले ढुक्क हुन आग्रह गर्दै भने, ‘म राजनीतिमा आउँदिन। तपाईंहरू ढुक्क हुनुहोस्। मेरो उमेर छँँदा त पूर्णकालीन राजनीतिमा आइन भने अब त त्यस्तो सोचाइ नै छैन।’ 

आफूले राजनीति नगरे पनि राजनीतिचाँही बुझ्ने उनले बताइन्। प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न थुप्रै नेता कार्यकर्ता आउने गरेको तर उनीहरू किन आए भन्ने कुरामा आफूलाई चासो नभएको उनले बताइन्।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad