सत्तारुढ नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले संसद्बाटै जनतामा निराशाको सञ्चार हुने गरेको भन्दै आपत्ति जनाएका छन्।
सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले संसद्को तेजोबध गर्नेगरि संसद् नीरश रहेको अभिव्यक्ति आएको भन्दै उनले जनतामा निराशाको सञ्चार बढिरहे पनि सरकार भने निराशालाई आशामा परिणत गर्न लागिरहेको बताए।
‘अब कुरा संसद्को प्रभावकारिताका बारेमा र संसदको प्रभावकारितामा बारेमा आफ्नो भूमिका के हो भन्नेबारे आफ्नो तर्फबाट समीक्षा गर्ने विषय एकातिर होला, त्योभन्दा अलि पर गएर संसदको सामान्यतया तेजोबध गर्ने प्रयत्नमा अभिव्यक्तिहरु प्रस्तुतिहरू आएको हामी पाउँछौँ,’ बर्तौलाले भने, ‘सबैभन्दा बढी बोल्ने सांसदहरुबाट नै त्यस्ता अभिव्यक्तिहरु आउने गरेको छ। प्रायोजित ढंगबाट राज्यका अंगहरु, राज्यकै महत्वपूर्ण संस्थाहरुमाथि नागरिकको भरोशा टुटाउने, कमजोर बनाउने त्यो बदनियतसाथ प्रायोजित प्रयत्नका आधारबाट पनि यस्ता अभिव्यक्तिहरु आइरहेका छन् भन्नेतर्फ सिंगो सदन यसमा सचेत हुनुपर्छ।’
उनले जादुगरले कागजको पत्ता राखेर हजारको नोट फुत्त निकालेजस्तै जादुवाला नम्बर भएकाहरुबाट यस्ता अभिव्यक्ति सुनिरहेको भन्दै त्यो क्षणिक भ्रम भएको स्पष्ट समेत पारे।
Shares

प्रतिक्रिया