राजनीति


सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक पारित भएकोमा प्रचण्ड खुसी

सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक पारित भएकोमा प्रचण्ड खुसी

फाइल तस्बिर


नेपालखबर
जेठ ४, २०८२ आइतबार १६:३६, काठमाडौँ

सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सम्बन्धी विधेयक प्रतिनिधिसभाबाट सर्वसम्मत पारित भएकोमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खुसी व्यक्त गरेका छन्।

आफ्नो प्रधानमन्त्रीत्वको पहिलो कार्यकालमै उच्च प्राथमिकता दिँदै यस विश्वविद्यालय स्थापनाको पहल सुरु गरेको भन्दै उनले यसमा अरुको पनि भूमिका भएको उल्लेख गरेका छन्।

‘मेरो प्रधानमन्त्रीत्वको पहिलो कार्यकालमै उच्च प्राथमिकता दिँदै यस विश्वविद्यालय स्थापनाको पहल सुरु गरेको थिएँ,’ सामाजिक सञ्जालमा प्रचण्डले लेखेका छन्, ‘तेस्रो कार्यकालमा विधेयक तयार गरेर संसद्‍मा दर्ता गरिएको र अन्ततः आज विधेयक पारित भएको छ, जसमा सुदूरपश्चिम क्षेत्रका सबै माननीय सांसद, जनप्रतिनिधि, अग्रज व्यक्तित्व र नागरिक समाजको उल्लेखनीय साथ र समर्थन रह्यो।’

विश्वविद्यालयको भौतिक तथा शैक्षिक संरचना निर्माणलाई द्रुत गतिमा अगाडि बढाउन पनि उनले सबै पक्षहरूलाई विशेष अनुरोध गरेका छन्।

विधेयक पारित भएसँगै गेटा मेडिकल कलेजको संरचनामा आधारित भएर नयाँ विश्वविद्यालयको स्थापना गर्ने बाटो खुला भएको बताइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad