राजनीति


आठ हजार बिरामी अंगदाताको पर्खाइमा छन्: सांसद गौतम

आठ हजार बिरामी अंगदाताको पर्खाइमा छन्: सांसद गौतम

नेपालखबर
जेठ ४, २०८२ आइतबार १३:१८, काठमाडौँ

नेपाली कांग्रेसकी सांसद प्रतिमा गौतमले मिर्गौला रोगबाट पीडित बिरामीहरू अंग प्रत्यारोपणका लागि आवश्यक मृगौला नपाएर मृत्युवरण गर्न बाध्य रहेको बताएकी छन्।

आइतबारको प्रतिनिधि सभामा बोल्दै उनले देशभर अन्तिम चरणको मिर्गौला रोग लागेका करिब ८ हजार बिरामी  अंगदाताको पर्खाइमा रहेको बताइन्।

‘मिर्गौला रोगको अन्तिम चरणमा पुगेका र प्रत्यारोपणको प्रतीक्षामा रहेका ९० प्रतिशत बिरामी अंगदाता नपाएर ज्यान गुमाइरहेका छन्। अर्थात्, करिब १० प्रतिशत बिरामीले मात्र प्रत्यारोपणका लागि अंग पाएका छन्। कयौँको ज्यान अंगको प्रतीक्षामै बितिरहेको छ,’ उनले भनिन्, ‘अंगदाता नहुँदा कैयौं मिर्गौला पीडितहरू डायलाइसिसमै निर्भर रहनु परिरहेको छ, जसले उनीहरूको शारीरिक, मानसिक र आर्थिक जीवनलाई दिनप्रतिदिन कष्टकर बनाइरहेको छ।’

मिर्गौला बिरामीलाई लक्षित गरी सरकारले ‘मानव शरीरको अंग प्रत्यारोपणसम्बन्धी नियमावली, २०७३’ ल्याएको थियो। जसमा मस्तिष्क मृत्यु भएका व्यक्तिबाट अंग लिन सकिने प्रावधान छ। तर नियमावली,’ को पूर्ण कार्यान्वयन हुन नसक्दा उनीहरूको पर्खाइ झनै लम्बिएको छ।

‘हरेक वर्ष डायलासिसमा मात्र सरकारले वार्षिक करिब डेढ अर्ब रूपैयाँ खर्च गरिरहेको छ। मिर्गौला रोगीको जीवनस्तर सुधार्न र डायलासिसमा भइरहेको सरकारी खर्च कम गर्न प्रत्यारोपण नै उपयुक्त विकल्प हो। नियमवलीमा प्राप्त अंगलाई प्राथमिकताक्रम अनुसार वितरण गर्ने व्यवस्था मिलाउन समन्वय इकाइ तोक्ने उल्लेख छ। तर सरकारले हालसम्म यस्तो इकाइ तोकेको  छैन।   कानुनले  पर्याप्त  व्यवस्था समेटिए पनि, कार्यायान्यनको पक्ष जटिल रहेको छ,’ उनले भनिन्।

मिर्गौला पीडितका समस्याहरूको निराकरण गर्न, मस्तिस्क मृत्यु कार्यक्रमको प्रभावकारिता आवश्यक रहेको उनको भनाइ छ।  ‘तसर्थ  अंग प्रत्यारोपणसँग सम्बन्धित कानुनी र नीतिगत प्रावधानहरूको प्रभावकारी कार्यान्वयन गर्दै मस्तिष्क मृत्यु कार्यक्रमको प्रभावकारितालाई  छिटो छरितो दिगो बनाउन, म सरकारलाई यसै सदन मार्फत आग्रह गर्दछु,’ उनले भनिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad