राजनीति


०८४ सम्म वामपन्थी गठबन्धन हुँदैन: प्रचण्ड

०८४ सम्म वामपन्थी गठबन्धन हुँदैन: प्रचण्ड

फाइल तस्बिर


नेपालखबर
जेठ २, २०८२ शुक्रबार १३:२६, काठमाडौँ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २०८४ सम्म वामपन्थी गठबन्धन नहुने बताएका छन्। प्रेस सेन्टर नेपाल, डडेल्धुराले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले वामपन्थी गठबन्धन ०८४ सम्म नहुने जिकिर गरेका हुन्। उनले कांग्रेस-माओवादी केन्द्रबीच सत्ता समीकरणको हल्ला मात्रै भएको स्पष्ट पारे। 

अध्यक्ष प्रचण्डले वर्तमान सरकार गलत बाटोमा हिँडिरहेको आरोप लगाए। सरकारले राम्रो काम गर्नेलाई दण्डित र नराम्रो गर्नेलाई पुरस्कृत गरिरहेको उनको जिकिर छ।

'सरकार ठीक बाटोमा हिँडिरहेको छैन, यसबाट चिन्तित छौँ। सरकारले आफ्ना मान्छे बचाउने खेल खेलिरहेको छ, यो राम्रो होइन,' उनले भने।

अध्यक्ष प्रचण्डले विकास र समृद्धिका हिसाबले सम्भावना बोकेको भए पनि सुदूरपश्चिमप्रति केन्द्रीय सत्ताको विभेदपूर्ण व्यवहार भएको बताए। आफ्नो नेतृत्वमा सरकार हुँदा सुदूरपश्चिम क्षेत्रलाई सधैँ प्राथमिकतामा राखेको उनले बताए।

'विकास र समृद्धिका हिसाबले सम्भावना बोकेको भए पनि सुदूरपश्चिमप्रति केन्द्रीय सत्ताको विभेदपूर्ण व्यवहार छ,' उनले भने, 'हामीले त्यसमा सन्तुलन कायम गर्न खोजेका छौँ।' 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad