वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले हिमालहरूको हेरचाहबाट नै मानवताको भविष्य निर्भर हुने बताएका छन्।
शुक्रबारदेखि काठमाडौंमा सुरु भएको सगरमाथा संवाद कार्यक्रममा बोल्दै वनमन्त्री ठकुरीले कठिन चुनौतीका बाबजुद पनि नेपाल आफ्नो जलवायु नेतृत्वमा दृढ रहेको उल्लेख गरे।
उनले हिममण्डल पृथ्वीको पूर्वचेतावनी प्रणाली भएको उल्लेख गर्दै हिमालमा जति हिउँ पग्लिन्छ त्यसले नै सम्पूर्ण मानवताको भविष्य निर्धारण गर्ने बताए।
‘आज हामीले हाम्रा हिमालहरूको हेरचाह कसरी गर्छौं भन्ने कुरामा मानवताको भविष्य निर्भर गर्दछ। हिममण्डल पृथ्वीको पूर्व चेतावनी प्रणाली हो। अहिले यहाँ जे जति हिउँ पग्लन्छ त्यसले सम्पूर्ण मानवताको भविष्य निर्धारण गर्दछ,' उनले भने, ' हिमनदीहरूको संरक्षण गर्ने तथा विश्वव्यापी तापक्रमलाई १.५ डिग्री सेल्सियसमा सिमित गर्ने कार्य छनौटको विषय होइन। यो त पृथ्वीका लागि अनिवार्यता नै हो । यस निर्णायक घडीमा जलवायु परिवर्तन केवल प्राविधिक चुनौती मात्र नभएर हाम्रा लागि एक गहन नैतिक परीक्षा हो।'
उनले हिमालहरूको रक्षा गरेर पृथ्वीको प्राकृतिक धरोहरहरूको मात्र नभई सोको आत्मा र भावी पुस्ताहरूको आशाको पनि रक्षा गर्न सकिने बताए।
Shares

प्रतिक्रिया