राजनीति


अब दुईचार दिनमै नयाँ गभर्नर पाउँछौँ : सञ्चारमन्त्री गुरुङ

अब दुईचार दिनमै नयाँ गभर्नर पाउँछौँ : सञ्चारमन्त्री गुरुङ

फाइल तस्बिर


नेपालखबर
जेठ १, २०८२ बिहिबार १६:६, काठमाडौँ

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले गभर्नर नियुक्ति छिटै नियुक्ति हुने बताएका छन्।

बिहीबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै मन्त्री गुरुङले नेपाल राष्ट्र बैंकको गभर्नर दुई/चार दिनभित्रै नियुक्ति हुने ठोकुवा गरे। 

‘नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि हामीले सिफारिस समिति पहिला अर्थमन्त्रीज्यूको संयोजकत्वमा डा. विश्व पौडेल र डा. विजयनाथ भट्टराईको समिति बनाएका थियौँ,’ गुरुङले भने, ‘विजयनाथ भट्टराईले पहिला राजीनामा दिनुभयो, त्यो डिफंग भयो। त्यसपछि फेरि हामीले पूर्वगभर्नरकै तर्फबाट महाप्रसाद अधिकारीलाई समितिको सदस्यका रुपमा थप्यौँ। डा. विश्व पौडेलले राजीनामा दिनुपर्ने परिस्थिति बन्यो। काम चाँडो भन्दा चाँडो सम्पन्न गर्न हामीले फेरि पुनःगठन गरेका छौँ।’ 

उनले थपे, ‘मान्य मन्त्रीज्यूको संयोजकत्वमा महाप्रसाद अधिकारी सदस्य र डा। पोषराज पाण्डे सदस्य रहनुभएको तीन सदस्य सिफारिस समिति गठन भएको छ । अब तलमाथि नभइकन दुई, चार दिनमै हामीले नयाँ गभर्नर पाउँछौँ ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad