राजनीति


उपप्रधानमन्त्री सिंह र एडीबीकी उपाध्यक्ष फातिमाबीच शिष्टाचार भेट

उपप्रधानमन्त्री सिंह र एडीबीकी उपाध्यक्ष फातिमाबीच शिष्टाचार भेट

नेपालखबर
जेठ १, २०८२ बिहिबार १६:८, काठमाडौँ

उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहसँग एसियाली विकास बैंक एडिबीका उपाध्यक्ष फातिमा एस्मिनले  शिष्टाचार भेट गरेकी छन्। बिहीबार शहरी विकास मन्त्रालयमा उनीहरूबीच भेट भएको हो। 

सो अवसरमा एसियाली विकास बैंकसँगको सहकार्यमा चलिरहेको आयोजनाको समीक्षा, नयाँ आयोजनामा लगानीको सम्भावनाबारे छलफल भएको मन्त्रालयका सचिव गोपाल सिग्देलले जानकारी दिए। 

शहरी विकास मन्त्रालयअन्तर्गतका अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समिति, शहरी विकास तथा भवन निर्माण विभाग र स्थानीय पूर्वाधार विकास विभागमा एसियाली विकास बैंकको ऋण सहयोगका आयोजना सञ्चालनमा छन्। 

शहरी विकास मन्त्रालयसँगको सहकार्यलाई आगामी दिनमा निरन्तरता दिने र थप सहकार्यका विषयमा सकारात्मक छलफल भएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad