राजनीति


राष्ट्र बैंकको गभर्नरमा मेरो तर्फबाट कोही पनि उम्मेदवार छैनः प्रधानमन्त्री ओली

राष्ट्र बैंकको गभर्नरमा मेरो तर्फबाट कोही पनि उम्मेदवार छैनः प्रधानमन्त्री ओली

नेपालखबर
जेठ १, २०८२ बिहिबार १३:४९, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्र बैंकको गभर्नर योग्यताको आधारमा नियुक्ति हुने बताएका छन्।  बिहीबार काठमाडौँमा पूर्वयोजनाकार मञ्च नेपालको औपचारिक शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले नेपाल राष्ट्र बैंकको रिक्त गभर्नरमा व्यक्तिगत निकटताका आधारमा नभई योग्यताक्रमका आधारमा क्षमतावान व्यक्तिको नियुक्ति गर्ने पक्षमा आफू रहेको बताएका हुन्। 

'राष्ट्र बैंकको गभर्नरमा मेरो क्याण्डिडेट कोही पनि छैन। आफ्नो भन्ने केही पनि छैन। कम्पिटिटिभ खालको मान्छे र ननडिभिटेबल मान्छे ल्याऔँ भन्ने मेरो सधैँ आग्रह हुन्छ,' उनले भने, 'मेरिटको विशेषमा ल्याऔँ। काम गर्नसक्ने मान्छे भए देशलाई भइगयो नि। यो र उ किन पर्‍यो?' 

‍उनले टिआरसीमा, डिसापियर कमिसनमा आफ्नो उम्मेदवार नरहेको पनि दाबी गरे। 

'टिआरसीमा, डिसापियर कमिसनमा मेरो आफ्नो उम्मेदवार होइन, छैन। तिनका अध्यक्ष कतै पनि मेरो भन्ने होइनन्। एउटासँग मेरो देखभेट पनि भएको छैन। नाम सुनेको थिएँ, बिर्सिएँ। एउटासँग मुख्यसचिव भएर काम गरेको हुनाले मैले चिनेको हुँ। कामु मुख्यसचिव हुँदा पहिलो पटक भेटेको हो, चिनेको हो,' उनले भने, 'निमित्त हुँदा चिनेको, कामु. मैले नै बनाएको हो। मुख्यसचिव कन्फर्म पनि मैले नै बनाएको हो। तर न मसँग नाता, सम्बन्ध, न केही न केही। न पोल्टिकल रिलेशन। न उहाँ पोल्टिकल मान्छे हो। हुनतः अब मान्छे पोलिटिकल प्राणी त हो नै। उहाँले कहाँ भोट हाल्नुहुन्छ, मैले सोधेको छैन।'  

प्रधानमन्त्री ओलीले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको अध्यक्ष र सदस्यमा पनि सिफारिस समितिको सिफारिसका आधारमा क्षमता भएका व्यक्ति नियुक्ति भएको बताए।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad