राजनीति


म प्रधानमन्त्री हो तर म एक्लै त छैन नि देशमा: केपी ओली

म प्रधानमन्त्री हो तर म एक्लै त छैन नि देशमा: केपी ओली

नेपालखबर
जेठ १, २०८२ बिहिबार १३:५७, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले हरेक क्षेत्रमा साँच्चैको मेरिटोक्रेसी लागू गर्न चुनौति दिएका छन्।  बिहीबार काठमाडौंमा पूर्व योजनाकार मञ्च नेपालको औपचारिक शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले त्रिभूवन विश्वविद्यालयको उपकुलपति नियुक्ति गर्दा मेरिटोक्रेसीको आधारमा गरेको दाबी गर्दै आएकोप्रति इंगित गर्दै साँच्चिकैको मेरिटोक्रेसी लागू गर्न चुनौति दिएका हुन्। 

‘आजकाल अब मेरिटोक्रेसी। भन्न हुँदैन, मेरिटोक्रेसी भन्ने। जाँच लिएझैँ गर्ने। जाँचकी आफ्नै, पेपर काट्ने आफ्नै, इन्टरभ्यु लिने आफ्नै, कसको नाम निकालौँ हजुर भनेर सोधेर फलानाको निकाल भनेपछि निकाल्ने,' उनले भने, 'अनि मेरिटोक्रेसीका धाक लगाउने । साँच्चैको मेरिटोक्रेसी गरौँ न। जाँच नै लिने भए जाँच नै लिऔँ। तर फेयरली लिऔँ। मेरो नीति त्यो हो। कति सक्छु कार्यान्वयन गर्न म एक्लै छैन, यो देशमा। म प्रधानमन्त्री हो तर म एक्लै त छैन नि। त्यसो भएर मैले सकेसम्म मेरिटोक्रेसी कायम गर्ने हो।’
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad