राजनीति


पुष्पलाल राजमार्ग नबन्दा जनताले घेर्न थाले, म अर्कै बाटो गाउँ जान्छु: चित्रबहादुर केसी

पुष्पलाल राजमार्ग नबन्दा जनताले घेर्न थाले, म अर्कै बाटो गाउँ जान्छु: चित्रबहादुर केसी

नेपालखबर
बैशाख ३०, २०८२ मंगलबार १३:१५, काठमाडौँ

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पुष्पलाल राजमार्ग निर्माण प्रक्रिया छिटोभन्दा छिटो सक्न सरकारसँग माग गरेका छन्।  

प्रतिनिधिसभाको मंगलबारको बैठकको विशेष समयमा बोल्दै उनले पुष्पलाल राजमार्ग विगत २२ वर्षदेखि निर्माणको प्रक्रियामा भएपनि अहिलेसम्म सम्पन्न हुननसक्नु विडम्बनापूर्ण रहेको बताएका हुन्।  

सांसद केसीले हिउँदमा धुलो र वर्षामा हिलोले स्थानीय जनताको बालीनाली र स्वास्थ्यमा गम्भीर असर पारेको भन्दै उक्त सडक तत्काल सम्पन्न हुनेगरी ठेक्का आह्वान गर्न सरकारसँग माग गरे। उक्त सडक आफ्नो निर्वाचन क्षेत्रमा परेकाले कम्तिमा मतदातालाई सुनाउनकै लागि भए पनि के कारणले बनेन र अब कति समयमा बन्छ भन्ने विषयमा सरकारले केही बोलिदिनुपर्ने उनको भनाइ थियो।

‘पुष्पलाल राजमार्ग शुरु भएको २२ वर्ष भयो तर सत्ताधारी प्रधानमन्त्रीदेखि लिएर सबैको आउजाउ भइरहेको छ। तर, हिउँदमा धुलो र वर्षमा हिलोले उत्तिकै नोक्सान गरिरहेको छ,' उनले भने, 'मैले पटक पटक सरकारको ध्यानाकर्षण गराए र सम्बन्धित निकायमा जुम्लि हात गरे। मतदाताको चेतना के छ भने सांसदले आँटेपछि हुन्छ। हाम्रो सांसदले नगरेर हो। गाउँघरका जाली फटाहाले जनतासित त्यही कुरा गर्छ। मैले यही स्थानबाट बारम्बार भनेको छु बाटोको बिजोग भो। यो बाटो सांसद आउँदैछ भनेपछि ठाउँ ठाउँमा जनता जम्मा भएर बस्छन्। मैले अर्कै बाटोबाट हिँड्नुपर्ने अवस्था छ।' 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad