राजनीति


महासंघको विज्ञप्तिप्रति प्रधानमन्त्रीका प्रेस सल्लाहकारको आपत्ति

महासंघको विज्ञप्तिप्रति प्रधानमन्त्रीका प्रेस सल्लाहकारको आपत्ति

नेपालखबर
चैत २०, २०७६ बिहिबार १५:२७,

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले नेपाल पत्रकार महासंघले निकालेको विज्ञप्तिप्रति आपत्ति जनाएका छन्।

बिहीबार काठमाडौंप्रेस अनलाइनमा प्रकासित समाचार डिलिट गरिएको विषयमा आफूहरुलाई जोडेको भन्दै थापाले फेसबुक स्ट्याटसमार्फत आपत्ति जनाएका हुन्।

‘यसमा प्रधानमन्त्रीको सचिवालयका हामी र असम्बन्धित सन्तानहरू समेतलाई तानेर दुष्प्रचार गर्नुको नियत बुझिएकै छ। हामीलाई षडयन्त्रकारीहरूजस्तै यस्ता हरकतहरूको पछाडि लाग्ने कुनै फुर्सद छैन’ थापाले लेखेका छन्, ‘पत्रकार महासंघले उक्त समाचार हटाउन राजनीतिक सल्लाहकार र प्रेस सल्लाहकारले दबाब दिएको भनेर वक्तव्यमा जसरी भनेको छ, त्यसमा कुनै सत्यता छैन, बरू अत्यन्त हास्यास्पद र गैरजिम्मेवार छ। यो छाता संस्थाको गुटगत र निहीत स्वार्थमा नांगो दुरूपयोग मात्रै हो।’

उनले महासंघका पदाधिकारीलाई विज्ञप्तिप्रति माफी माग्नसमेत ‘सुझाव’ दिएका छन्।

‘कार्यकाल सकिएर महाधिवेशनको सम्मुखमा उभिएको संगठनको लेटरप्याड र संस्थागत हैसियत दुरूपयोग गरी आफ्ना आकांक्षाहरूको तुष्टिकरणमा नलाग्न, संलग्न व्यक्तिहरूलाई समयमै सचेत हुन र अविलम्ब माफी माग्न’ थापाले महासंघको नेतृत्वलाई सल्लाह दिएका छन्।

थापाले स्ट्याटसमा काठमाडौंप्रेसका सम्पादकसँग समाचारबारे चासो राखेको तर समाचार हटाउन दबाब नदिएको बताएका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad