राजनीति


समाजवादी कार्यदिशाको समीक्षा गर्दै एकीकृत समाजवादी

समाजवादी कार्यदिशाको समीक्षा गर्दै एकीकृत समाजवादी

फाइल फोटो


नेपालखबर
बैशाख २६, २०८२ शुक्रबार २१:५१, काठमाडौँ

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पार्टीले नेपाली विशेषतासहित समाजवादीका कार्यदिशाबारे बृहत् बहस एवं समीक्षा गर्ने भएको छ। यही वैशाख २७ गते दाङमा गर्न लागिएको लुम्बिनी प्रदेश कमिटीको पहिलो अधिवेशनका अवसरमा त्यस्तो समीक्षा गर्न लागिएको सो पार्टीले जनाएको छ।

पार्टीको गत वर्ष सम्पन्न १०औँ महाअधिवेशनले पारित गरेको विधान र कार्यक्रमअनुसार प्रदेश अधिवेशन गर्न लागिएको हो। अधिवेशनले लुम्बिनीका १२ वटै जिल्लाको पछिल्लो अवस्थाको रिपोर्टिङ, जिल्ला अधिवेशनको समीक्षाका साथै नयाँ कार्यसमिति निर्वाचित गर्ने पार्टी उपमहासचिव एवं लुम्बिनी प्रदेश कमिटीका इन्चार्ज मेटमणि चौधरीले जानकारी दिए।

अधिवेशनले संविधानमा लेखिएअनुसार नेपालमै पहिलोपटक नेपाली विशेषतासहित समाजवादीका कार्यदिशा, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिक परिस्थितिबारे, जनवर्गीय सङ्गठनका कार्य प्रगतिको प्रतिनिधिले समीक्षा गर्ने कार्यक्रम छ।

अधिवेशनमा राजनीतिक, साङ्गठनिक, आर्थिकलगायत अन्य प्रतिवेदन पारित गरिने छ। नेपालका कम्युनिष्ट पार्टीहरूमध्ये समाजवादी पार्टीले नै पहिलोपटक कार्यक्रम, नीति र स्पष्ट कार्यदिशासहितको कार्यक्रम ल्याएको जनाइएको छ।

पार्टीको १०औँ महाधिवेशनले पारित गरेको कार्यक्रमअनुसार एउटा क्रान्तिकारी कम्युनिष्ट पार्टी निर्माण गरी समाजवादी कार्यदिशा बोकेर गाउँगाउँमा खटिनसमेत नेता, कार्यकर्तालाई निर्देशन दिइएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad